काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मानव जातिको महत्वाकांक्षाले बढ्दै गएको प्रकृतिको दोहनले चुनौती बढेकाले विकासलाई वातावरणमैत्री बनाउनुपर्ने बताएका हुन्। राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई…