२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सल्यानमा वडाध्यक्षको अनौठो धर्ना : मिटर नपाएपछि कार्यालयमै रात बिताए

नेपाल विद्युत प्राधिकरण अन्तर्गतको सल्यान वितरण केन्द्रमा सोमबार साँझ एक असामान्य घटना देखियो। कार्यालय समय सकिनै लाग्दा कर्मचारीहरू घर फर्कने तयारीमा थिए, तर त्यही बेला एक वडाध्यक्ष भने विद्युत मिटर माग्दै कार्यालय परिसरमै धर्ना बसे। सल्यान जिल्ला स्थित वितरण केन्द्रमा कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का तीन जना सेवाग्राहीका लागि विद्युत मिटर लिन पुगेका थिए।…