काठमाडौं । वैदेशिक रोजगार विभागले एकैपटक धेरै म्यानपावर कम्पनीलाई कारवाही स्वरुप आर्थिक जरिवाना गरेको छ । विभागले विज्ञापन प्रकाशनको अनुमति लिएर विज्ञापन प्रकाशन नगरेको भन्दै १४८ वटा म्यानपावर कम्पनीलाई कारवाही स्वरुप ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो । उक्त कम्पनीहरुले २०७९ साउन ३ र ४ गते विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिएका थिए…