काठमाडौ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओको रिजल्ट सार्वजनिक गरेको छ । लघुवित्तले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको शेयर आज सोमबार बिहान बाँडफाँट गरी रिजल्ट सार्वजनिक गरेको हो । लघुवित्तको आईपिओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण भएको…