ओखलढुंगा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब छलफल नहुने बताएका छन् । प्रदेशको नामाकरणले पहिचान नसमेटेको भन्दै प्रदेशभर आन्दोलन भइरहेका बेला नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुंगा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोशी नाम सर्वस्विकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताएका…