काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) महामारी सुरु भए यता निजी विद्यालयमा कार्यरत तीन हजार शिक्षक बेरोजगार भएका छन् । गत चैत यता काठमाडौं उपत्यकामा मात्रै दुई सय शिक्षक निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मात्रै पढाई हुने विद्यालय र अतिरिक्त क्रियाकलाप…