काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।…