बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले धार्मिक एकता र समानता भएमात्रै देश समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन् । हेटौडामा ख्रिष्टमस उत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले लोकतन्त्रमा आफुले रोजेको धर्म मान्न र प्रचार गर्न पाइने भएकाले धार्मिक विखण्डन र सामाजिक विभेद कायम रहे देश समृद्ध बन्न नसक्ने बताएका हुन् । विगतमा जातिय तथा धार्मिक समुदायका बीचमा…