बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण ४ वटा निर्णय गरेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को विहिबारकको बैठकले प्रदेशमा सेवा प्रवाह र सुशासनका लागि दिर्घकालिन महत्व राख्ने निर्णय गरेको हो । बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम वा सो सरहको अधिकृतहरुलाई कामकाजमा खटाउने, योजना सम्झौतामा राय÷सहमति प्रदान गर्ने र योजना सम्झौतामा हस्ताक्षर गर्न…