काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका…