ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्धको रिट खारेज भएको छ । उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले शेर्पा विरुद्धको रिट खारेज गरेको हो । न्यायधीशद्धय लेखनाथ पौडेल र शकुन्तला घिमिरेको संयूक्त इजालसले शेर्पा विरुध्दको रिट खारेज गरेको रजिष्टार संजिव पोखरेलले जानकारी दिए । अध्यक्ष शेर्पा विरुद्ध प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र वस्नेतले विदेशी नागरिकता वाहक…