सभामुख देवराज घिमिरेले संसद्को महासचिव नियुक्तिको सिफारिस राष्ट्रपतिबाट रोकिनु अनुचित भएको बताएका छन् । महासचिव भरतराज गौतमको राजीनामापछि संविधान र कानुनबमोजिम प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरेको जिकिर गर्दै उनले यसलाई राजनीतिक आँखाले हेर्न नहुने बताए । ‘यसलाई राजनीतिक आँखाले हेर्नुहुँदैन । कसलाई सिफारिस गर्यो भन्दा पनि संविधान र कानुनबमोजिम गरेको हो,’ संसद् सेवा दिवसका अवसरमा बिहीबार…