काठमाडौं । बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक डाकिएको थियो । बीचैमा प्रधानमन्त्री ओलीले १२ बजे मन्त्रिपरिषद् बैठक बोलाए । प्रधानमन्त्रीले हतार–हतार मन्त्रिपरिषद् (क्याबिनेट) राखेर संसद अधिवेशन अन्त्य गराउन लागेको सुनेपछि अर्का अध्यक्ष प्रचण्डले ओलीसँग चासो राखे, ‘यता ११ बजे पार्टीको बैठक चल्दैछ, १२ बजे नै किन क्याबिनेट राख्नुपर्यो ?’…