काठमाडौं । सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले तयारी अगाडि बढाएको छ । बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको हो । असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको…