सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एकैदिन दुई प्रशासकीय अधिकृतलाई खटाएपछि आधिकारिकताको विवादले कामकाज नै प्रभावित भएको छ । दुवै अधिकृत फरक–फरक सरुवा चिठी लिएर गाउँपालिका पुगेका हुन् । १४ फागुनमा मन्त्रालयले दिएको चलानी नम्बर १२६९ को पत्र बोकेर अशोककुमार सिंह प्रमुख प्रशासकीय अधिकृतको रूपमा आए । उनले गाउँपालिका उपाध्यक्ष, कार्यपालिका सदस्य, वडाध्यक्षहरूको…