काठमाडौं महानगरपालिकाको चुनावमा अन्तिम मतपरिणाम घोषणा भएको दिन एउटा रोचक दृश्य देखिएको थियो।नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिन उनकै प्रतिद्वन्द्वी सुमन सायमि अग्रस्थानमा उभिएका थिए। प्रतिस्पर्धाको चौथो स्थानमा रहेका सायमिले त्यस दिन बालेन शाहलाई बधाई र शुभकामना मात्र दिएनन्, राष्ट्रिय सभागृहबाट सुरू विजय जुलुसमा बालेनसँगै एउटै गाडीमा सवार भएर हिँडे। विजय यात्रा क्रममा एकैथरि भादगाउँले…