कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे सुरू हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ। उनलाई मुख्यमन्त्री बन्न सहयोग गरेको दल नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि चार महिनाका बीचमा दोस्रोपटक विश्वासको मत लिनुपर्ने बाध्यता मुख्यमन्त्रीलाई आइलागेको हो। माओवादी केन्द्रले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन…