२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेश विश्वविद्यालय उद्घाटनको तयारी पुरा



वीरगञ्ज । मधेश विश्वविद्यालयको उद्घाटनको तयारी पुरा भएको छ ।

वीरगञ्ज महानगरपालिका १२ स्थित नेशनल ट्रेडिङ्गको प्रशासनिक भवनमा कार्यालय रहने गरी स्थापना गरिएको मधेश विश्वविद्यालयको भदौ २२ गते एक कार्यक्रमबिच पूर्व उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्ने   कार्यक्रम रहेको मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा.दिपक शाक्यले बताए  ।

सञ्चालनको तयारीमा रहेको मधेश विश्वविद्यालयको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित महानगरपालिकाको टोलीले स्थलगत अवलोकन समेत गरेको छ ।

वीरगन्जवासीको चाहना वीरगञ्जमा विश्वविद्यालय स्थापना गर्ने रहे पनि मधेश प्रदेशकै मधेश विश्वविद्यालय वीरगञ्जमा स्थापना हुनुलाई वीरगञ्जको गौरव भएको नगरवासीहरूले बताएका छन् ।

प्रकाशित मिति : २०७९, २२ भाद्र बुधबार ००:००  २ : ४६ बजे