२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी विद्यालयहरूले विद्यार्थीबाट शुल्क लिन पाउने



काठमाडौं । भर्ना खुलेसँगै निजी विद्यालयहरूले विद्यार्थीबाट शुल्क लिन पाउने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्ना खुलेपछि सम्बन्धित स्थानीय तहसँगको सहमतिमा निजी विद्यालयहरूले शुल्क लिन सक्ने बाटो खुला गरिदिएको हो।

‘भर्ना खुलेपछि मात्रै निजी विद्यालयले शुल्क लिन पाउँछन्,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘तर स्थानीय तहसँग स्वीकृति लिनुपर्नेछ।’

संविधानअनुसार नै विद्यालय तहको शिक्षा स्थानीय सरकार मातहत छ। मन्त्रालयले एक शैक्षिक सत्रका लागि भन्दै शुल्क लिने बाटो खुला गरिदिएको हो।

कोरोना महामारीले निजी विद्यालयहरूले अनलाइनबाट पठनपाठन गर्दै आएका छन्।

कोरोनाकै कारणले गर्दा सरकारले विद्यालय तहमा विद्यार्थी भर्ना सुरू गरेको छैन। यसअघि भदौ १५ देखि भर्ना लिन सक्ने भनिए पनि अहिले भदौ मसान्तसम्म फेरि शैक्षिक कार्यक्रम बन्द गरिएका छन्।

लकडाउनका बेला पनि आफूहरूले विद्यार्थीलाई पठनपाठन गराएको भन्दै निजी विद्यालयहरूले शुल्क लिन पाउनुपर्ने बताउँदै आएका थिए। तर शिक्षा मन्त्रालयले कुनै पनि शुल्न नबुझाउन त्यसबेला आग्रह गरेपछि निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले विरोध गरेका थिए।

प्रकाशित मिति : २०७७, १५ भदौ सोमबार ००:००  ८ : ३९ बजे