२०८३, १२ भदौ शुक्रबार | Fri Aug 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाको सुनकोशी गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिले ३ दिनको तलब बाढी पीडितलाई दिने



रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले आर्थिक सहयोग गर्ने भएका छन् ।

गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका तथा मातहतका कार्यालय र विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको तीन दिन बराबरको तलब तथा जनप्रतिनिधिले प्राप्त गर्ने तीन दिन बराबरको सेवा–सुविधा रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै विपद्को समयमा पीडित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताए । विपद् प्रभावितको उद्दार, उपचार, राहत र पुनःस्थापना का लागि सबैले सक्दो सहयोग गर्नुपर्ने अध्यक्ष तामाङको भनाइ छ ।

सुनकोशी गाउँपालिकाको निर्णयलाई विपद्का बेला स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आफ्नो सेवा–सुविधाबाट समेत योगदान गर्ने उदाहरणका रूपमा हेरिएको छ ।

सरकारले पनि रसुवाको भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रदेश, स्थानीय तह तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई विपद् उद्धार कोषमा योगदान गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : २०८३, १२ भदौ शुक्रबार ००:००  ११ : २० बजे