स्पेनीस ला लिगामा बार्सिलोनाले पहिलो खेलमा नै बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग गोलरहित बराबरीमा रोकियो ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले बारम्बार अवसर पाउँदापनि गोल गर्न सकेन । त्यसोत बार्सिलोना खेलको अन्तिमतिर १० खेलाडीमा झरेको थियो ।
पहिलो हाफमा बार्सिलोनाले दबाब दिएपनि दोस्रो हाफका सुरुवातमा भने रायो भालेकानोले केहि राम्रो अवसरहरु सिर्जना गरेको थियो । तर उसले गोल भने गर्न सकेन । उसका राडामेल फालकओले तीन वटा उत्कृष्ट मौका खेर फालेका थिए ।
खेलको इन्जुरी समयको तेस्रो मिनेटमा बार्सिलोना १० खेलाडीमा झरेको थियो । उसका सर्जियो बुस्क्वेट्स दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएका थिए ।
पुरै खेलमा बार्सिलोनाले ६७ प्रतिशत बल पोसेसन बनाउँदा २१ वटा पोष्ट चार्ज गरेको थियो । जसमा ६ वटा फ्रेममा रहेपनि गोल भने गर्न सकेन । यता रायो भालेकानोले पुरै खेलमा मात्र चार सट प्रहार गरेको थियो ।
नयाँ सिजनमा भिल्ला रियल र ओसासुनाले जितका साथ प्रतियोगिता सुरु गरेका छन ।