२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्न शिक्षामन्त्रीको जोड



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन् ।

शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरू राम्रो हुनुपर्ने बताए । मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा विज्ञहरूसँग मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए ।

नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा कतै त्रुटि भइरहेको बताए ।

प्रकाशित मिति : २०७९, १७ भाद्र शुक्रबार ००:००  २ : २१ बजे