२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाराको गौरीशङ्कर माध्यमिक विद्यालय कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट



बारा । बाराको गौरीशङ्कर माध्यमिक विद्यालय निजगढ सामुदायिक विद्यालय कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा उत्कृष्ट भएको छ । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले बारामा गरेको कार्यसम्पादन परिक्षणमा गौरीशङ्कर माध्यमिक विद्यालय निजगढ ७९.५७ अङ्क ल्याई पहिलो , नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय सिमरा ७१.७१ अङ्क ल्याई दोस्रो र गौरीशंकर माध्यमिक विद्यालय सड्क टोल ७१.१५ अङ्क ल्याइ तेस्रो भएका छन् ।

विज्ञहरू खटाएर शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ६ वर्ष लगाएर गरेको स्थलगत विद्यालयहरूको  अध्ययन गरेको थियो । देशभरि ४ हजार ८ सय ६७ सामुदायिक माध्यमिक विद्यालयमा गरिएको परीक्षणमा  ६ वटा उत्तम, ७ सय ६८ वटा मध्यम, ४ हजार वटा सामान्य र ७१ ओटा कमजोर विद्यालय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बारा जिल्ला भरिमा ८५ ओटा सामुदायिक माध्यमिक विद्यालयमध्ये तीनवटा विद्यालय मध्यम स्तरमा परेका हुन् ।

बारा जिल्लाका ६ वटा सामुदायिक माध्यमिक विद्यालय कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ । अन्य विद्यालय भने सामान्यमा परेका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले विद्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दा विद्यालयको भौतिक संरचना, समुदायको सहभागिता, शिक्षण सिकाई प्रक्रिया, शैक्षिक उपलब्धि, नेतृत्व व्यवस्थापन लगायत क्षेत्रको मूल्याङ्कन गरेको थियो ।

प्रकाशित मिति : २०७९, ५ आश्विन बुधबार ००:००  १ : १२ बजे