२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरिट्ज अडुरिजले लिए सन्यास



अनलाइन सरोकार

काठमाडौं – स्पेनका पाका गोलकर्ता तथा एथ्लेटिक विल्वाओका स्ट्राइकर अरिट्ज अडुरिजले व्यावसायिक फुटबलबाट सन्यासको घोषणा गरेका छन् । हिप फेर्नुपर्ने भएकाले ३९ वर्षीय भेट्रान स्ट्राइकरले सन्यास घोषणा गरेका जनाएका छन् ।

अडुरिज स्पेनको राष्ट्रिय टिमका लागि गोल गर्ने सबैभन्दा पाका खेलाडी हुन् । उनको टिम विल्वाओले आगामी अप्रिलमा रियल सोसिडाड विरुद्ध कोपा डेल रे फाइनल खेल्ने तयारीमा थियो । अडुरिज पनि त्यो फाइनल खेल्न चाहन्थे । तर स्वास्थ्यले उनलाई साथ दिएन ।

‘धेरै समय मैले भन्दै आएको छु । तपाईँले पहिला फुटबल छाड्नुभन्दा फुटबलले पहिला तपाईलाई छाड्नेछ,’ अडुरिजले बुधबार ट्वीटरमा लेखेका छन्, ‘हिँजो डाक्टरले मलाई सक्दो चाँडै सर्जनलाई देखाउन भनेका छन् । मेरो दैनिकी साधारण रुपमा चलायमान बनाउन हिप रिप्लेसमेन्ट गर्नुपर्ने भएको छ । दुर्भाग्यवश मेरो शरीरले अब पुग्यो भन्यो ।’

अडुरिजले विल्वाओका लागि २९६ खेल खेल्दै १४१ गोल गरेका छन् । उनले भ्यालेन्सिया र मालोर्काका लागि पनि खेले ।

‘मैले चाहे अनुसार मैले मेरो टिममेटलाई सहयोग गर्न सकिनँ । न त उनीहरुले चाहेजस्तो गर्न सकेँ । यो नै व्यावसायिक खेलाडीको जीवन हो,’ अडुरिजले भने ।

अडुरिजले स्पेनको लागि १३ खेल समेत खेलेका छन् । सन् २०१६ मा ३५ वर्ष २७५ दिन हुँदा गोल गर्दै उनी स्पेनको पाका गोलकर्ता बनेका थिए । उनले स्पेनका लागि २ गोल गरेका छन् ।

कोरोनाभाइरस महामारीका कारण अहिले स्पानिस ला लिगा स्थगित छ ।

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  ७ : १० बजे