२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन नमान्दा खेलाडी पक्राउ



अनलाइन सरोकार

चेल्सी र इङ्ल्यान्डका फुटबलर कलुम हड्सन ओडोईलाई लकडाउन उल्लंघन गरेको आरोपमा एक मोडलसहित पक्राउ गरिएको छ ।

पश्चिमी लन्डनस्थित उनकै घरबाट स्थानीय प्रहरीले हड्सन र एक मोडललाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको इङ्लिस मिडियाले जनाएका हुन् । उनले ती मोडललाई आइतबार एम्बुलेन्समार्फत आफ्नो घरमा बोलाएका थिए । इङ्ल्यान्ड सरकारले अपनाएको सामाजिक दूरी कायम नगरेकाले हड्सन र ती मोडललाई पक्राउ गरिएको थियो ।

ती महिलालाई अस्पताल लगिएको र हड्सनलाई भने प्रहरीले हिरासतमा लिएको थियो ।

यद्यपि, उनलाई बिहान नै स्थानीय प्रहरीले धरौटीमा रिहा गरिसकेको छ ।

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  ७ : १७ बजे