२०८२, १ फाल्गुन शुक्रबार | Sat Feb 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकूद विधेयक पारित



अनलाइन सरोकार

राष्ट्रियसभाले राष्ट्रिय खेलकूद विकास विधेयक पुन: पारित गरेको छ।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियो’ भन्ने प्रस्ताव पेश गरेका थिए।

त्यसपछि निर्णयार्थ विधेयक सर्वसम्मतले पारित गरेको हो।

यसअघि फागुन तेस्रो साता प्रतिनिधिसभाको बैठकले ‘राष्ट्रिय खेलकुद विकास विधेयक’ पारित गरेको थियो।

यसअघि गत साउनमा राष्ट्रियसभाबाट विधेयक पास भएको थियो।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रपतिले प्रमाणिकरण भएपछि ऐनको रुपमा लागू हुनेछ।

विधेयकमा भलिबललाई राष्ट्रिय खेलका रूपमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  ७ : २७ बजे