२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय फुटबल खेलाडीको स्वाब संकलन



मिडफिल्डर विशाल राई स्वाब दिँदै । तस्बिर: एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका ११ खेलाडीसहित२५ जनाको स्वाब संकलन गरेको छ । सोमबार पाटन अस्पतालमा ११ खेलाडी, दुई अफिसियल र १२ जना स्टाफ गरि २५ जनाको स्वाब संकलन गरिएको एन्फाले जनाएको छ । बाँकी खेलाडी र अरु स्टाफको मंगलबार स्वाब संकलन गरिने एन्फाले जनाएको छ ।

सोमबार उपत्यका बाहिरबाट आएका विशाल राई, देवेन्द्र तामाङ, रवि पासवान, रन्जित धिमाल, मिक्छेन तामाङ, पुजन उपरकोटी, विमल राना, दीप कार्की, छिरिङ गुरुङ, दिलेन लोक्ताम र दर्शन गुरुङको तथा फिजियो आविस्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको स्वाव संकलन गरिएको छ ।

एन्फाले क्याम्पमा डाकिएका ३४ खेलाडीसँगै कोचिङ स्टाफ, अफिसियल, होस्टेल स्टाफलगायत ७० जनाको कोरोना परीक्षण गरिने योजना बनाएको छ ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार ००:००  ८ : ०८ बजे