२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सकृयता बढाउँदै गणित शिक्षा परिषद्




काठमाडौं । गणित शिक्षा परिषद्ले सकृयता बढाएको छ । गणित शिक्षालाई स्थापित गर्न परिषद्ले विभिन्न तालिम तथा सहजिकरण लगायतका गतिविधि गरेर परिषद् चलायमान बनेको हो । सोही अनुसार पछिल्लो शैक्षिक अवस्थाबारे छलफल गर्न परिषद्ले अनलाइन प्रशिक्षण संचालन गरिहेको छ ।

यसैबीच, नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. लेखनाथ शर्माले गणित शिक्षाको उत्थानमा लाग्नुपर्नेमा जोड दिए । परिषद्का पुर्व महासचिव समेत रहेका शर्माले गणित शिक्षा परिषद् प्रदेश १ को दोस्रो अनलाइन प्रशिक्षण कार्यक्रममा गणित शिक्षा परिषद् स्थापित संस्था भएको तर्क गरे । प्रशिक्षणमा अमेरिकाबाट सहभागी भेषराज मैनाली सहितले प्रदेश १ परिषद्को सकृयताको प्रशंसा गर्दै शुभकामना मन्तव्य दिएको गणित शिक्षा परिषद् प्रदेश १ अध्यक्ष जीवनकुमार नेपालले जानकारी दिए ।

परिषद्का केन्द्रिय उपाध्यक्ष डा. मुकुन्द क्षेत्री र केन्द्रिय महासचिव रमेश प्रसाद अवस्थीले academic article writing सहितका विषयमा सहजीकरण गरेका थिए । MEC बाट प्रकाशित जर्नल बारे समेत छलफल भएको थियो ।

देशका विभिन्न क्षेत्रका क्याम्पसका प्राध्यापक, सहप्राध्यापक, विद्यालयका प्र.अ. तथा गणित शिक्षकहरु गरि ३०० जनाको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार ००:००  ११ : २५ बजे