२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप सम्मिलित टोलीको लगातार दोस्रो हार



काठमाडौं । जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राति ट्रिनिडाडमा भएको खेलमा तलावास, गुएना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।

टस जितेर फिल्डीङ रोजेको जमैकाले गुएनाले दिएको १ सय १९ रनको लक्ष्य पच्छ्याउन असफल भएको थियो । पुरै ओभर ब्याटिङ गर्दा जमैकाले ७ वीकेट गुमाएर १ सय ४ रन जोडेको हो ।

खेलमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै जमैकाबाट २ विकेट लिएका छन् । सन्दीपले ४ ओभर वलिङ गर्दै ८ रन खर्चेर २ विकेट लिएका थिए । हारपछि २ अंक रहेको जमैका लिग अंकतालिकाको पाँचौ स्थानमा झरेको छ ।

प्रकाशित मिति : २०७७, ७ भाद्र आइतबार ००:००  ४ : २९ बजे