२०८१, २७ बैशाख बिहीबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान



काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन दिन आह्वान गरेको छ । इंग्ल्याण्ड क्रिकेट बोर्ड अथवा अस्ट्रेलियन क्रिकेट बोर्डबाट कोचिङ लेबल ३ कोर्स गरेको हुनुपर्ने, आईसिसीको पूर्ण सदस्य, प्रथम श्रेणी टोली, आईसिसी एसोसिएट राष्ट्रिय टोली वा अन्तर्राष्ट्रिय लिगमा कम्तीमा तीन वर्ष प्रशिक्षक भएर काम गरेकाले आवदेश दिन सक्नेछन् ।

आवेदकको उमेर ६० वर्ष ननाघेको पुरुष हुनुपर्ने छ । क्यानले महाप्रबन्धक, चिफ फाइनान्स अफिसर, क्रिकेट म्यानेजर र सातवटै प्रदेशका लागि प्रशिक्षकका लागि पनि आवेदन आह्वान गरेको छ ।

तलब आपसी समझदारीमा निर्धारण गरिने उल्लेख छ । आवेदन सेप्टेम्बर २३ सम्ममा दिनुपर्ने छ।

प्रकाशित मिति : २०७७, १८ भाद्र बिहीबार ००:००  ९ : ५४ बजे