२०८१, २६ बैशाख बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्ततः मेसीले भने, ‘म बार्सिलोनामा नै रहन्छु’



काठमाडौं । बार्सिलोनाका कीर्तिमानी फरवार्ड लिओनल मेसीले तत्काल क्लब नछाड्ने बताएका छन् । मेसीले बार्सिलोनाले जारी गरेको रिलिज क्लज तिर्न अन्य क्लबका लागि सम्भव नहुने तथा आफूलाई मुद्दा लड्ने चाहना नभएकाले क्लबमै बस्ने बताएका हुन् ।

३३ वर्षीय मेसीले गएको साता आफूले क्लबसँगको करिअर टुंग्याउन चाहेको बताएका थिए भने रिलिज क्लजको सर्त हटाउन बार्सिलोनालाई आग्रह गरेका थिए । तर बार्सिलोना मेसीको ७ सय मिलियन युरोको रिलिज क्लज हटाउन तयार नभएपछि मेसीले क्लबमै बस्ने बताएका हुन् । तर मेसीले आफू क्लब छाड्न स्वतन्त्र रहेको बताएका छन् ।

मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए । सो सम्झौतामा चार वटै सिजनको अन्त्यमा चाहेको अवस्थामा क्लब छाड्न सक्ने बुँदा उल्लेख रहेको मेसीका वकिलको दाबी छ ।

बार्सिलोनाले भने सिजनको अन्त्य जुन मध्यमा हुने भएकाले सो बुँदाको कानुनी आधार सकिएको बताउँदै गएको छ । कानुनी आधार सकिएको अवस्थामा मेसीलाई भित्र्याउन चाहने क्लबले ७ सय मिलियन युरो तिर्नु पर्ने भन्दै बार्सिलोनाले रिलिज क्लजको शर्त राखेको हो ।

तर मेसीका वकिलले भने कोरोना भाइरसका कारण यो सिजनको अन्त्य अगस्टमा भएको दाबी गरेका छन् । त्यसैले मेसीले अहिले क्लब छाड्न सक्ने उचित समय रहेको मेसीका वकिलको दाबी छ ।

प्रकाशित मिति : २०७७, २० भाद्र शनिबार ००:००  १० : १४ बजे