२०८१, २६ बैशाख बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दिप आवद्ध जमैका सेमिफाइनलबाट बाहिरियो



काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टीम जमैका तलावास क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । ब्रायन लारा क्रिकेट एकेडेमी ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा १ विकेट गुमाएको पुरा गरेको थियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन जोडेको थियो ।

खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए पनि विकेट लिन असफल भएका थिए । अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ । गुएना र सेन्ट लुसियाबीचको खेल बुधबार हुनेछ ।

फाइनल खेल भने बिहीबार गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७७, २४ भाद्र बुधबार ००:००  ९ : ५४ बजे