२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सजिलो सिकाइ मार्फत गणित विद्या स्थापित गराउन सकिने गणितिज्ञहरुको निश्कर्ष



काठमाडाैं – गणित विद्यालाई सजिलो सिकाइ मार्फत स्थापित गराउन सकिने गणितिज्ञहरुले निश्कर्ष निकालेका छन् । गणित शिक्षा परिषद् प्रदेश १ को आयोजनामा भएको दुई दिने प्रशिक्षणमा सहभागी गणित शिक्षकहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।

दुई दिन सम्म चलेको भर्चुअल प्रशिक्षणमा विज्ञहरुले कसरी गणित विद्यालाई सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल चलाएका थिए । विगतका शिक्षण अभ्यासहरुमा थप नयाँ आयाम थप्दै आधुनिक शिक्षा पद्धति अनुरुप कक्षा शिक्षण र समाजमा गणित विषय सजिलो विद्याका रुपमा स्थापित गराउन सकिने विकल्पका बारेमा प्रशिक्षण दिईएको थियो । देशभरका करिब ३ सय गणित शिक्षकले प्रशिक्षणमा सहभागिता जनाएका थिए ।

प्रदेश कार्यसमितिको पहिलो विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको गणित शिक्षा परिषद्का प्रदेश कार्य समिति अध्यक्ष जीवन नेपालले जानकारी दिए । आगामी दिनमा थप परिस्कृत कार्यक्रम सञ्चालन गर्न यसले हौसला मिलेको अध्यक्ष नेपालको भनाई छ ।

प्रदेश कार्य समिति अध्यक्ष जीवन नेपालको अध्यक्षता तथा प्राध्यापक डाक्टर मदनमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अनलाइन प्रशिक्षणमा परिषद्का केन्द्रीय तथा सबै प्रदेशका पदाधिकारी सहभागि थिए ।

असार १ र २ गते दुई दिन बिहान ७ देखि ९ बजे सम्म दुई घण्टा जुम मार्फत चलेको भर्चुअल प्रशिक्षणमा प्रोफेसर डा. प्रकाशमुनी बज्राचार्य र रमेश प्रसाद अवस्थी सहितका विज्ञहरुले प्रशिक्षण दिएको प्रदेश कार्यसमितिका सचिव चिरन्जीवी पाण्डेले बताए ।

आइटम राइटिङको आवश्यकता र महत्व, पाठ्यक्रमले निर्धारण गरेका विषय, त्यसको समिक्षा, सुधारात्मक पक्ष र कोरोनाको विपद्का बेला विद्यार्थीको सिकाई निरन्तरता र अबको योजना सहितका विषयमा प्रशिक्षण दिइएको थियो ।

गणित शिक्षा परिषद् प्रदेश १ ले अनुकरणीय कामको थालनि गरेको परिषद्का केन्द्रिय उपाध्यक्ष उमानाथ पाण्डेले बताए । अन्य प्रदेशमा पनि समन्वय गरेर काम गर्न आग्रह गर्दै सफलताको शुभकामना दिए ।

प्रशिक्षणमा प्रविधी मैत्री शिक्षक समाजका प्राविधिक संयोजक एवं गणित शिक्षा परिषदका सल्लाहकार घनश्याम अधिकारी र सदस्य लोकवहादुर खडकाले प्राविधिक सहयोग गरेका थिए ।

परिषद्का सल्लाकार दण्डपाणी गौतम र जिओजेव्राको संस्थापक संयोजक हाल अमेरिकामा रहेका भेशराज मैनालीले समिक्षात्मक टिप्पणी गरेका थिए ।

गणित विषयलाई छुट्टै विधाको रुपमा विकास गर्ने, अन्तराष्ट्रिय मापदण्डमा समन्वय गराउने, व्यवहारिक र सरल बनाउने, गणितज्ञहरुलाई संगठित गर्ने, गणितीय समस्याहरुको समाधान गराउने, अध्ययन तथा अनुसन्धानमा गणित विषय समावेस गराउने, सरकारलाई गणितीय सुझाव र सल्लाह प्रदान गर्न दवाव समुहको रुपमा कार्य गर्ने, समय सापेक्ष प्रविधि मैत्री र रुचिको विषय बनाउने लगायतका उद्देश्य राखेको गणित शिक्षा परिषद्को केन्द्रमा राष्ट्रिय कार्य समिति, सातवटा प्रदेशमा प्रादेशिक कार्यसमिति र नेपालका ४५ भन्दा बढी जिल्लाहरुमा जिल्ला कार्य समिति गठन भइ क्रियाशिल अवस्थामा छन् ।

गणित शिक्षा परिषद्काे प्रशिक्षणकाे विशेष भिडियाे याे लिङ्कमा हेर्न सकिन्छ :

गणित शिक्षा परिषद्काे प्रशिक्षणकाे विशेष भिडियाे

याे पनि पढ्नुहाेस्

https://onlinesarokar.com/%e0%a4%97%e0%a4%a3%e0%a4%bf%e0%a4%a4-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d-%e0%a4%87%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be/

प्रकाशित मिति : २०७७, ३ असार बुधबार ००:००  ३ : ०७ बजे