सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले एसइइको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका भित्रका विद्यालयलाई प्रोत्साहन गर्ने भएको छ । देशैभर एसइइको नतिजा कमजोर आइरहेका बेला पालिकागत नतिजा विश्लेषणमा समेत लिखुपिकेका केही विद्यालय उत्कृष्ट भएपछि गाउँपालिकाले नगदसहित प्रोत्साहन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले गतवर्षको एसइइमा सतप्रतिशत विद्यार्थी उतिर्ण गराएको चन्द्रज्योती मावि भकान्जेलाई नगद ५० हजार दिने भएको छ…