नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ता शंकर तिवारीले पार्टी केन्द्रलाई तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन्। आइतबार जारी गरिएको प्रेस नोटमार्फत उनले तोकिएको समयमै नियमित महाधिवेशन हुने कुनै आधार नदेखिएको भन्दै पार्टी नेतृत्वको ढिलोढाला प्रवृत्तिप्रति कडा आपत्ति जनाएका हुन्। भाद्र २३ र २४ को घटनापछि नेपाली कांग्रेसको ४९…