काठमाडौं महानगरपालिकाले दरबारमार्गको एक लाइन पार्किङ हटाएको छ। मंगलबार दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउन ट्राफिक प्रहरीको समन्वयमा पार्किङ निषेध गरिएको महानगर प्रहरी राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार आजदेखि पार्किङ निषेध गरिएको हो। उक्त क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थियो। ‘पहिले हुँदै आएको पार्किङ हटाएको हो,’ उनले भने, ‘आजदेखि ट्राफिक प्रहरीकै समन्वयमा…