बाजुराको हिमाली गाउँपालिकाले बोटमा लगानी गरेर नोट कमाउने नीतिलाई प्राथमिकता दिएको छ । ‘आजको लगानी बोट, भोलीको प्रतिफल नोट’ को नीति अनुसार फलफुलका विरुवा किनेर नागरिकलाई निःशुल्क दिने र फलफुल खेती मार्फत स्थानीयको आयस्रोत बढाउने कार्यक्रमलाई हिमालीले प्राथमिकतामा राखेको हो । अन्नबाली भन्दा फलफुल उत्पादनको बढी सम्भावना भएको हिमालीमा फलफुल बेचेर किसानले आम्दानी गर्न सक्ने…