चक्रपथ अर्थात रिङरोड ठुलो र छरिएको भुगोललाई एकैपटक जोड्ने सडकमार्ग हो । छोटो दुरीबाट एकै फन्कोमा सबै क्षेत्रमा पुग्न सकिने चक्रपथ विगतमा सहरमा मात्रै प्रचलित विकास मानिन्थ्यो । अहिले नेपालका दुर्गम गाउँहरुमा समेत चक्रपथको अवधारणा अघि बढ्न थालेको छ । कालिकोटको तिलागुफा नगरपालिकाले नगरभित्र चक्रपथ निर्माणको नीति लिएको छ । नगरपालिकाका सबै ११ वटा वडालाई…