काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरूले प्रदर्शन गरेका छन् । ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नहुने भन्दै बिहीबार काठमाडौंके माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरु सडकमा उत्रिएका हुन् । ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । स्वतन्त्र रूपमा भेला भएको भनिएको उक्त प्रदर्शनमा युवाहरूले प्रधानमन्त्री ओलीका पक्षमा नारा लगाएका…