जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले चाँदीको मुकुट लगाएर सम्मान गरेका छन् । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि जसपा अध्यक्ष यादवलाई चाँदीको मुकुट र दुई सय किलोको फूलको माला लगाएर सम्मान गरिएको हो । जसपाका कार्यकर्ताहरूले अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको तस्बिर…