ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष उमेश कार्कीको पहलमा स्वास्थ्य सेवा विभागले जिल्ला अस्पताल रुम्जाटार र मानेभञ्ज्याङ गाउँपालिकामा अक्सिजन र भिटिएम किट सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । वडाअध्यक्ष कार्कीको पहल र ओखलढुंगा निवासी स्वास्थ्य सेवा विभागका शाखा अधिकृत दिनेश खत्रीको समन्वयमा जिल्ला अस्पताल र मानेभञ्ज्याङ गाउँपालिकामा स्वास्थ्य सामाग्री उपलब्ध भएको हो…