भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खसेकाे छ । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको हाे । बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । उद्धारका लागि…