धनकुटा नगरपालिकाले भोलि र पर्सि नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । मुख्यगरी धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।…