२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणित शिक्षा परिषद् : इतिहास, आवश्यकता र महत्व



जीवनकुमार नेपाल

भक्तपुर – मानव सभ्यताको विकास क्रम सँगै सामाजिक परिवर्तन भइरहेको पाईन्छ । सभ्यता र समाज पुरक रुपमा विकास हुँदै जाने क्रममा विभिन्न विद्याहरुको विकास भयो । भाषा सभ्यताको जननी हो । जस्ले समाजमा विचार आदान–प्रदानको भरपर्दो माध्यमको रुप लियो । समाजको फरक–फरक झुण्डले आ–आफ्नो शैलिको भाषा अविस्कार गरे र त्यसलाई निश्चित क्षेत्रका मानिसहरुले मान्यता दिएर भाषाको रुप दिएको किंवदन्ती छ ।

भाषाको विकास सँगै जोडिएर गणितको विकास भएको मानिन्छ । गणित भनेको गन्ती हो अथवा यसलाई गिनित पनि भनिन्छ । गन्ती, गिनित, गणना आदिको परिस्कृत रुप नै गणित हो ।

सभ्यता विकासमा ढुङ्गे युग पछिको कृषि तथा पशुपालनको युगमा पशुपालक किसानले पशुहरुको तथ्याङ्क राख्न गन्ती सुरु गरेको र त्यसबेला देखिनै अंकको प्रादुर्भाव भएको मानिन्छ । त्यसयता फरक–फरक स्थानमा फरक–फरक प्रणालिको विकास भयो । हाल प्रचलनमा रहेका प्रणालीहरुमा रोमन, हिन्दुअरेविक र देवनागरी रहेका छन् । यी प्रणालिले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेका छन र प्रचलनमा पनि छन् । सामाजिक र व्यवहारिक आवश्यकतालाई मध्यनजर गर्दै गणित सबैले जान्नुपर्ने जान्नका लागि पढ्नुपर्ने कुराको परिकल्पना भयो । नेपालको शिक्षा ऐन तथा नियमावलीले स्थापित गरेको पाठ्यक्रम विकास केन्द्रले गणित विषयलाइ अनिवार्य र थपमा ऐच्छिक समेत गरेर पठनपाठन कार्य गरिरहेको छ ।

यस्तो अवस्थामा गणितको महत्व यसको व्यवहारिक पक्ष र आवश्कता समेतको आधारमा आधारभूत देखि उच्च शिक्षा सम्म गणित विषय पठन–पाठन हुँदै आइरहेको छ । गणित शिक्षालाई संगठित र सरल रुपमा विकास र प्रवद्र्धन गर्दै व्यवहारिक बनाई प्रयोगमा सरलता ल्याउने र विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गुणस्तरी गणित बनाउन प्रयत्न भईरहेको छ ।

समाजका हरेक क्रियाकलापमा समेत सरल गणितिय अभ्यास गराउन संगठित भएर लाग्नुको विकल्प नभएकोले वि.सं २०५४ (1997 AD) मा वर्तमान अध्यक्ष प्रा.डा.मदनमान श्रेष्ठ पुर्व उपकुलपती प्रा.डा.हिरावहादुर महर्जन, लेखनाथ पौड्याल, मिन वहादुर श्रेष्ठ, इश्वर कुमार श्रेष्ठ, ज्वाला नेपाली, भाईराजा रञ्जीत, हरिगोविन्द रञ्जीत लगायतका गणितज्ञहरुको समुहले गणित शिक्षा परिषद (COUNCIL FOR MATHEMATICS EDUCATION –MEC) को स्थापना गर्नु भएको थियो ।

तत्कालिन अवस्थामा यो संस्थाका उद्देश्यहरु यस प्रकार तय गरिएको थियो ।

  •     गणित विषयलाई छुट्टै विधाको रुपमा विकास गर्ने ।
  •      अन्तराष्ट्रिय मापदण्डमा समन्वय गराउने ।
  •      व्यवहारिक र सरल बनाउने ।
  •      गणितज्ञहरुलाई संगठित गर्ने ।
  •      गणितीय समस्याहरुको समाधान गराउने ।
  •      अध्ययन तथा अनुसन्धानमा गणित विषय समावेस गराउने ।
  •    सरकारलाई गणितीय सुझाव र सल्लाह प्रदान गर्न दवाव समुहको रुपमा कार्य गर्ने ।
  •      समय सापेक्ष प्रविधि मैत्री र रुचिको विषय बनाउने ।

निर्धारित उद्देश्यहरुको आधारमा हाल यो संस्थाको केन्द्रमा राष्ट्रिय कार्य समिति सातवटा प्रदेशमा प्रादेशिक कार्यसमिति र नेपालका ४५ भन्दा बढी जिल्लाहरुमा जिल्ला कार्य समिति गठन भइ क्रियाशिल अवस्थामा छन् ।

यसको विद्यान अनुसार संस्थापक सदस्य, मानार्थ सदस्य, आजिवन सदस्य र साधारण सद्स्यहरु निरन्तर रुपमा वनिरहेको र यसको महत्वलाई बुझेर सदस्यता हासिल गर्न निरन्तर सम्पर्कमा आउने गरेको अवस्था छ ।

गणित शिक्षा परिषदको अन्तराष्ट्रिय संस्थाहरुसँग पनि उत्तीकै सम्पर्क समन्वय छ । Internetional Community Of Mathematics Institude MCIC को आधिकारिक सदस्य बनेको छ । Teachers To Teachers globel को पनि सदस्यता लिएको छ । त्यस बाहेक National Council of Teachers of Mathematics – N C T M , Casio Japan,/ Geogebra सँग समन्वय र सम्बन्ध कायम गरी अगाडि बढिरहेको छ । यी संस्थाहरुको समन्वयमा विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिँदै छ भने विभिन्न कलेज तथा विश्वविद्यालयहरु सँगको सम्बन्ध र समन्वय बढिनै रहेको छ ।

गणित शिक्षा परिषद् एउटा विशुद्ध पेशागत दक्षता अभिवृद्धि गर्ने स्वयंसेवी संस्था हो । यसले गणितीय समस्या समाधानका निमित्त संगठित रुपमा सेवादिँदै आइरहेको छ ।

व्यक्तिको व्यक्तित्व विकास, योग्यता र क्षमताको अभिवृद्धि गराउँदै गणित शिक्षालाई सरल र सहजरुपमा विद्यालय र कलेजहरुको कक्षाकोठासम्म पु¥याउन विभिन्न कार्यक्रमको माध्यमले अगाडी बढिरहेको छ ।

हरेक प्रदेश र जिल्लाहरुमा यसको संगठित रुपलाई विस्तार गर्दै लैजाने क्रममा अरु प्रदेश जस्तै प्रदेश नं १ मा पनि यसको विस्तार र विकास गर्न प्रदेश नं १ का हामी गणित विषय सँग सम्वन्धित समुह परिचय सहितका कार्यक्रमहरु निरन्तर सञ्चालन गरिरहने प्रण गर्दछौं ।

लेखक नेपाल गणित शिक्षा परिषद् प्रदेश १ का अध्यक्ष तथा ओखलढुंगाको कालिका मावि सिस्नेरीका प्रअ हुन् ।

प्रकाशित मिति : २०७७, ३२ जेठ आइतबार ००:००  ४ : ११ बजे