पञ्चवर्षिय योजना तय गरेर काम थालेका रामेछापको खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधिले आगामी वर्ष शैक्षिक विकासको वर्षका रुपमा काम गर्ने भएका छन् । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको विकास वर्षका रुपमा काम गरेको खाँडादेवीले आगामी वर्ष शैक्षिक वर्षको रुपमा काम गर्ने र शिक्षामा आमुल परिवर्तन गर्ने नीति गाउँसभाबाट पास गरेको हो । सामुदायिक विद्यालयको शैक्षिक विकास र…