काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी–मरिन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि १२ कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजनाले आह्वान गरेको बोलपत्रमा चिनियाँ, इरानी र भारतीयलगायतका मुलुकका निर्माण कम्पनीले प्रस्ताव पेश गरेको सिँचाइ विभागले जनाएको छ ।विभागले अहिले ती बोलपत्र प्राविधिक पक्षको मूल्यांकनको काम गरिरहेको विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिए । उनका अनुसार मूल्यांकनबाट प्राविधिक…