मधेशमा कृषि विद्युतीकरणको पहल थालिएको छ । कृषिमा आत्मनिर्भर मधेश प्रदेशका किसानले भोग्दै आएको सिंचाई समस्या समाधानका लागि प्रदेश सरकारले कृषि विद्युतीकरणको पहल थालेको हो । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह आफैंले किसान लक्षित यो कार्यको नेतृत्वदायी पहल गरेका छन् । मुख्यमन्त्री सिंहले आईतबार नेपाल विद्युत प्राधिकरण, मधेश प्रदेशका प्रमुख मोनीन्द्र ठाकुरसँग मधेश प्रदेशका आठवटै जिल्लामा…