ओखलढुंगाका सांसद रामहरि खतिवडाले रुम्जाटार विमानस्थलमा हवाइ सेवा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसँग माग गरेका छन् । अविरल वर्षाका कारण सबै सडकहरु भत्किएकाले रुम्जाटार विमानस्थलबाट काठमाडौं र विराटनगरमा उडान भर्न अनुराेध गर्दै चिठ्ठी लेखेका हुन् । खतिवडाले मन्त्रीलाई लेखेको हस्त लिखित पत्रमा वर्षापछिको विपद्का कारण यात्रामा असहजता उत्पन्न भएको परिस्थितीलाई मध्येनजर गर्दै…