सर्लाहीको बागमती नगरपालिकाले प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको समाधिस्थललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भएको छ। आइतबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नगरपालिकाकी उपप्रमुख लीला मोक्तानले जंगबहादुरको समाधिस्थललाई पर्यटकीय क्षेत्र (पार्क) बनाउने घोषणा गरेकी हुन्। बजेट सार्वजनिक कार्यक्रममा बागमती नगरपालिकाका मेयर भरत थापाले प्रथम राणा प्रधानमन्त्री जंगबहादुरको समाधिस्थल पर्यटकीय…