काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा थुनुवासहित ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ३० गते राति एक होटलमा विवाद हुँदा छुरीले हानेर नुवाकोटका लक्ष्मण तामाङको हत्या गर्ने व्यक्तिलाई कोरोना पुष्टि भएको हो । उनीसँग सम्पर्कमा रहेका पाँचजना प्रहरीलाई पनि कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए ।…