काठमाडौं । नेपालमा बुधबार थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । योसहित संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । बुधबार कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ…